स्वावलम्बन लघुवित्तको मुनाफा ८२ प्रतिशतले घट्यो, अधिकांश सूचक ओराला, खराब कर्जा चुलियो
काठमाडौँ । स्वावलम्बन लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफा ८२.७० प्रतिशतले घटेर ४ करोड १५ लाख ६३ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा २४ करोड १ लाख ९५ हजार रुपैयाँ रहेको थियो ।
चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीको खुद ब्याज आम्दानी ६.२३ प्रतिशतले घटेर ६६ करोड ६६ लाख १९ हजार रुपैयाँ सीमित भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा ७१ करोड ८ लाख रुपैयाँ रहेको थियो ।
यसअवधिमा कम्पनीको सञ्चालन नाफा ८२.७० प्रतिशतले घटेर ५ करोड ९३ लाख ६४ हजार रुपैयाँमा आएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा उक्त नाफा ३४ करोड ३० लाख रुपैयाँ रहेको थियो ।
कम्पनीको खराब कर्जा चुलिएको छ ।। गत वर्ष ७.१० प्रतिशत रहेको खराब कर्जा यो वर्ष ११.३६ प्रतिशत पुगेको छ ।
समिक्षा अवधिमा कम्पनीको वितरणयोग्य नाफा ७ करोड ६१ लाख रुपैयाँ, चुक्ता पुँजी १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ ।
४२ रुपैयाँ ८१ पैसा रहेको प्रतिसेयर आम्दानी यसअवधिमा भने ५ रुपैयाँ ७३ पैसामा सीमित भएको भनेप्रतिसेयर नेटवर्थ २१४ रुपैयाँ ११ पैसा रहेको छ ।