एनआईसी एशिया ग्रोथ फण्ड २ को इकाई नेप्सेमा सूचीकृत
२२ माघ २०८०, सोमबार १३:३९
काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित ‘एनआईसी एशिया ग्रोथ फण्ड–२’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।
आज फण्डको ९ करोड ५ लाख इकाई सूचीकृत भएको हो। फण्डले १० करोड इकाई सर्वसाधारणका लागि निष्काशन गरेको थियो। निष्काशित इकाईमध्ये वितरण गरिएको ९ करोड ५ लाख कित्ता नेप्सेमा सूचीकृत भएको हो।
यस योजनाका इकाइहरु भोलि (मंगलबार) देखि दोस्रो बजारमा कारोबारमा आउनेछ । योजनाको कोष प्रवद्र्धकमा एनआईसी एशिया बैंक रहेको छ ।