रु रु जलविद्युत परियोजनाको कस्तो छ दोस्रो त्रैमाससम्मको वित्तीय रिपोर्ट ?
काठमाडौँ । रु रु जलविद्युत परियोजनाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफा ५ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको तुलनामा १.११ प्रतिशतले कम हो । गत आर्थिक वर्ष कम्पनीले ५ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी पनि ०.१८ प्रतिशतले घटेर ९ करोड १३ लाख रुपैयाँमा झरेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीको विद्युत् बिक्रीबाट ९ करोड १५ हजार रुपैयाँ आम्दानी गरेको थियो ।
समिक्षा अवधिमा कम्पनीको वित्तीय लागत ४९ लाखरुपैयाँ, प्रशासनिक खर्च ५४ लाख रुपैयाँबाट घटेर ३७ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ९० पैसा र प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ६७ पैसा रहेको छ ।