नेपाल टेलिकम २१औं वर्षमा प्रवेश, गुणस्तरीय सेवा विस्तारमा आक्रामक, २ करोड १८ लाखभन्दा धेरै ग्राहक

२२ माघ २०८०, सोमबार १२:०३

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) २१ औँ वर्षमा प्रवेश गरेको छ । नेपालमा दूरसञ्चार सेवाको सुरुआत, विकास र विस्तारको लामो इतिहास बोकेको संस्था टेलिकमले आज २० औँ वार्षिकोत्सव मनाउँदै छ ।

सुरुमा नेपाल दूरसञ्चार संस्थानका रूपमा रहेको थियो । कम्पनीमा परिणत भएको भने २१ वर्ष पुगेको हो । २०३२ असार १ गते नेपाल दूरसञ्चार संस्थानको रूपमा भएता पनि २०६० माघ २२ गते नेपाल दूरसञ्चार कम्पनीको रूपमा दर्ता भएको थियो । २०६१ सालदेखि नेपाल टेलिकमको नामले चिनिन थालेको हो ।

टेलिकमले मोबाइल टेलिफोन सेवा, जीएसएम, जीपीआरएस, थ्रीजी र फोरजी सेवा दिइरहेको छ । कम्पनीले निश्चित लाइन र मोबाइल टेलिफोन सेवा, ब्रोडब्याण्ड र निश्चित–लाइन इन्टरनेट सेवा इन्टरनेट एसएमएस सेवाहरू उपलब्ध गराएको छ ।

मंसिर मसान्तसम्म देशभरका २ करोड १८ लाख ४४ हजार ५ सयभन्दा बढीले भ्वाइस सेवा तथा २ करोड १५ लाख ४४ हजार ३ सयभन्दा बढीले इन्टरनेट सेवा लिइरहेका छन् । पछिल्लो समय टेलिकमले आफ्नो सेवालाई गुणस्तरिय र दिगो बनाउन देशका दुर्गम तथा विकट ठाउँमा दुरसञ्चारको सेवा विस्तारका लागि पूर्वाधार निर्माणका कामलाई तीव्रता दिदै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*