एनएमबि लघुवित्तको नाफासँगै इपिएस समेत ऋणात्मक, अधिकांश सूचकको ओरालो यात्रा

२२ माघ २०८०, सोमबार ११:१५

काठमाडौँ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफा ६ करोड ७५ लाख ६३ हजार रुपैयाँ ऋणत्मक रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा १३ लाख ५३ हजार रुफैयाँ नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीको खुद ब्याज आम्दानी १० करोड ७६ लाख रुपैयाँमा सिमित भएको छ । जुन गत आर्थिक वर्षको तुलनामा ३३.८९ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी १६ करोड २८ लाख रुपैयाँ रहेको थियो ।

यसअवधिमा कम्पनीको सञ्चालन नाफा ६ करोड ७६ लाख ऋणात्मक छ । समिक्षा अवधिसम्ममा कम्पनीको चुक्ता पुँजी ७२ करोड १४ लाख ४९ हजार रुपैयाँ, जगेडा कोषमा १८ करोड ९० लाख रुपैयाँ र खराब कर्जा७.८५ प्रतिशत रहेको छ । वितरणयोग्य नाफा ५ करोड ८२ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ७३ पैसा नोक्सानी र प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ९५ पैसा देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*