सुर्यज्योति लाइफको मुनाफा ६२ प्रतिशतले बृद्धि हुँदा पनि इपिएस १० रुपैयाँमै सीमित, जीवन बीमा कोष ११ प्रतिशतले बढ्यो
काठमाडौं । सुर्यज्योति लाइफले चालु आवको छ महिनाको वित्तीय विवरण आज प्रकाशित गरेको छ । जस अनुसार कम्पनीको मुनाफामा ६२.९३ प्रतिशतको भारी बृद्धि भएको छ । यद्यपि मुनाफामा ठूलो उछाल आउँदा पनि प्रतिशेयर आम्दानी भने १० रुपैयाँमा नै सीमित हुन पुगेको छ ।
कम्पनीको जीवन बीमा कोष ११.२१ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आवको यसी अवधीमा २७ अर्ब ४४ करोड रुपैयाँको जीवन बीमा कोष बनाएको कम्पनीको चालु आवको छ महिने अवधीसम्म आईपुग्दा ३० अर्ब ५१ करोड पुगेको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सूर्यज्योति लाइफको खुद नाफा वृद्धि भएको छ । यस त्रैमासससम्ममा कम्पनीको म नाफा ६२।९३ पैतिशतले बढेर २३ करोड ६६ लाख रुपैयाँ कायम भएको छ । गत वर्षको यसैअवधिमा कम्पनीले १४ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा लगानी र कर्जाबाट हुने आम्दानी बढेसँगै खुद नाफा बढेको हो ।
कर्जा तथा लगानीबाट हुने आम्दानी ९४।८७ प्रतिशतले बढेर १ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, खुद बीमा शुल्क आर्जन ६३।५९ प्रतिशतले बढेर ४ अर्ब २८ करोड रुपैयाँ पुगेको छ ।
हाल यसको चुक्ता पुँजी ४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार रुपैयाँ रहेको छ ।साथै कम्पनीले शेयर प्रिमियममा ३ करोड ७२ लाख रुपैयाँ र महाविपत्ति कोषमा ३३ करोड १३ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १ अर्ब ४० करोड ६६ लाख रुपैयाँ रकम संञिती गरेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ४१ पैसा (वार्षिक) पुगेको छ । प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ १५ पैसा छ । जीवन बीमा कम्पनीहरुको मुनाफा बीमाङ्कीइ मूल्याङ्कनको क्रममा हेरफेर हुनेछ । कम्पनीको मुनाफामा उच्च बृद्धि भएपनि लगानीकर्ताहरुका लागि भने खासै खुशीको खवर छैन । किनभने कम्पनीको प्रतिशेयर आम्दानी जम्मा १० रुपैयाँमै सीमित हुन पुगेको छ ।
समीक्षा अवधीमा लगानीबाट प्राप्त आम्दानी उल्लेख्य बृद्धि भएको छ । गत आवको सोही अवधीमा यस्तो आम्दानी ८९ करोड रुपैयाँ रहेकोमा चालु आवको छ महिनमा एक अर्ब ६७ करोड रुपैयाँ रहेको छ । कम्पनीको बीमा सरेण्डर १० प्रतिशतले घटेर १४ करोडबाट १० करोडमा झरेको छ । यद्यपि सुर्यज्योति लाइफमाथि बीमा सरेण्डर गर्न नदिएर बीमितलाई अप्ठेरो पारेको भन्दै बीमा प्राधिकरणमा मुद्दा दर्ता हुने क्रम बढ्दो छ ।
सुर्यज्योति लाइफको बीमा दावी भुक्तानी उच्च दरले बृद्धि भएको छ । समीक्षा अवधीमा दावी भुक्तानी १८७ प्रतिशतले बृद्धि भई ६२ करोडबाट बढेर एक अर्ब ७८ करोड ७८ लाख पुगेको छ ।