हाम्रो सूर्योदय बचत तथा ऋण सहकारीबाट ३२ लाख चोरी
२१ माघ २०८०, आईतवार १८:१७
काठमाडौँ। दोलखाको हाम्रो सूर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट ३२ लाख ८७ हजार दुई सय ७६ रुपैयाँ चोरी भएको छ । सहकारीबाट रकम हराएको भन्दै सोहि सहकारीका सञ्चालकले प्रहरीलाई जानकारी गराएका छन् ।
प्रहरीले सोही सहकारीको बचत सहायक पदमा कार्यरत अहेन्द्र भुजेललाई र घरबेटीलाई पक्राउ गरी सोधपुछपछि छाडेको छ । सहकारीमा भएको चोरी र रकम हिनामिनाबारे जिल्ला प्रहरी कार्यालयले सूक्ष्म ढङ्गले अध्ययन थालेको जनाएको छ ।