मौद्रिक नीतिको अर्धबार्षिक समीक्षाको तयारीमा राष्ट्र बैंक, कहिले होला सार्वजनिक ?

नीतिगत व्यवस्था फेरबदल हुने संकेत
२१ माघ २०८०, आईतवार १७:३७

काठमाडौं। नेपाल राष्ट्र बैंक मौद्रिक नितिको अर्धबार्षिक समिक्षाको तयारीमा जुटेको छ । समिक्षा गर्नुपर्ने व्यवस्था अनुसार राष्ट्र बैंक समिक्षाको अन्तिम तयारीमा जुटेको राष्ट्र बैंकले जनाएको छ ।

मौद्रिक नीतिको अर्धबार्षिक समिक्षाको लागि त्रैमासिक समीक्षाका लागि अहिले छलफल चलिरहेको सहप्रवक्ता डिल्लीराम पोखरेलले जानकारी दिएका छन् ।

उनले आर्थिक नेपाल राष्ट्र बैकको अनुसन्धान विभागले तथ्यांक संकलनको लागि तयारी गरिरहेको हुँदा दुई सातामा मौद्रिक नितिको अर्धबार्षिक समिक्षा आउन सक्ने जानकारी दिएका छन् ।

तयारीमा जुटेको राष्ट्र बैंकले समिक्षाको दिन भने यकिन भइनसकेको जनाएको छ । यो अवस्था आउनुमा मौद्रिक नीति मात्र कारण हो वा अरु पनि केहि कारण छन् भन्नेबारे आफुहरुले पनि अध्ययन गरिरहेको पोखरेलले बताए। मौद्रिक नीतिले गर्न सक्ने र गर्नुपर्ने सम्बोधन दोस्रो समिक्षामा हुने समेत उनले बताए।

सहप्रवक्ता पोखरेलले तीन साता अघि समिक्षा हुने सम्भावना रहेको बताएका छन् राष्ट्र बैंकका उच्च स्रोतका अनुसार शेयर बजारमा गर्भनर अधिकारीको धारणा सकारात्मक रहेको बुझिएको छ ।
मौद्रिक नीति समीक्षामार्फत केही नीतिगत व्यवस्थासमेत फेरबदल गर्ने विषयमा छलफल भइरहेको राष्ट्र बैंकका ती अधिकारीले जानकारी दिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*