लक्ष्मी लघुवित्तको मुनाफा २ करोड माथि, खराब कर्जा भने चुलियो
काठमाडौँ । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफा २ करोड १५ लाख २२ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा २ करोड ४० लाख ९ हजार रुपैयाँ नोक्सानमा थियो ।
पुष मसान्तसम्ममा कम्पनीको खुद ब्याज आम्दानी १२.०२ प्रतिशतले घटेर १७ करोड ८९ लाख ३९ हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी २० करोड ३३ लाख ९२ हजार रुपैयाँ रहेको थियो ।
यसअवधिमा सञ्चालन नाफा ३ करोड ४ लाख ४२ हजार रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिमा २ करोड ४० लाख ७८ हजार रुपैयाँ सञ्चालन नोक्सान व्यहोरेको थियो ।
समिक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ४४ करोड १६ लाख ६२ हजार रुपैयाँ, जगेडा कोष २७ करोड ३८ लाख रुपैयाँ, वितरणयोग्य नाफा १ करोड ४७ लाख रुपैयाँ र खराब कर्जा ५.७२ प्रतिशतबाट बढेर ९.६३ प्रतिशत रहेको छ ।
यसअवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ७५ पैसा र प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ ३५ पैसा छ ।