चल्दाचल्दै अवस्थाको एनआईसी एसियाको मोबाइल बैंकिङमा समस्या, अपडेट नगरे नचल्ने
२१ माघ २०८०, आईतवार ११:४२
काठमाडौं । एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ सिष्टममा केही दिनदेखि समस्या आइरहेको छ । आंशिक रुपमा चलिरहेको मोबाइल बैंकिङ सिष्टम आज विहानबाट पूर्ण रुपमा बन्द भएको छ ।
एनआईसी एसिया बैंकको मोबाइल एप अपडेट नगर्ने नचल्ने अवस्थामा पुगेको छ । बैंकले मोबाइल बैंकिङ सिष्टममा आएको समस्याको बारेमा केही बताएको छैन ।
विगत तीन दिनदेखि रकम ट्रान्सफर समस्या भोगिरहेका सेवाग्राह आज विहानबाट पूर्ण रुपमा नचल्ने अवस्था आएको सेवाग्राही प्रेम भुजेल बताउँछन् । ‘नयाँ एप डाउनलोड गर्न भनिरहेको छ, तर मैले अपडेट गरेपछि समस्याको समाधान भयो ।’
लाखौं सर्वसाधारणले मोबाइल एपबाट कारोबार गर्दै आएको एनआईसी एसिया बैंकको सो समस्याको बारेमा मौन रहँदै आएको छ ।