आजसम्म कायम शेयरधनीले युनाइटेड अजोडको १०.८०% लाभांश पाउने

२१ माघ २०८०, आईतवार १०:२१

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको लाभांश सुनिश्चित गर्ने आज (माघ २१ गते) अन्तिम दिन रहेको छ । लाभांश वितरण प्रयोजनार्थ यस कम्पनीले भोलि बुक क्लोज गर्दैछ ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्र कम्पनीले वितरण गर्न लागेको लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १०.२६१२ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.५४०१ प्रतिशत नगद लाभांश गरि कुल १०.८०१३ प्रतिशत लाभांश वितरणको प्रस्ताव राखेको छ ।

लाभांश पारित गर्न कम्पनीले फागुन ६ गते अनमोल ब्यांकेट, शंखमुल, काठमाडौंमा बिहान ११ बजेदेखि बस्ने गरी वार्षिक साधारण सभा बोलाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*