बीमा कम्पनीहरुको व्यवसाय र शंकास्पद भुक्तानीको बिषयमा प्राधिकरणको चासो, १३ बुँदे निर्देशन जारी
काठमाडौं ।नियामक निकाय नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुको व्यवसाय र शंकास्पद रुपमा हुने भुक्तानीको बिषयमा चासो राखेको छ ।
नेपाल बीमा प्राधिकरणले एक परिपत्र जारी गर्दै बीमा कम्पनीहरुलाई यस्तो जानकारी दिएको हो । प्राधिकरणले जीवनतर्फ एकल बीमाशुल्क आर्जन, पोलिसी सरेण्डर र आवश्यक विवरणको बिषयमा बिशेष निगरानी गर्ने भएको छ।
त्यस्तै,निर्जिवन बीमा कम्पनीहरुमा गलत मनसाय राखेर वा झुटा बीमा दाबी भुक्तानी हुने क्रम बढेसँगै प्राधिकरणले निगरानीमा राख्ने भएको हो । एकल बीमाशुल्क भुक्तानी लिने र निश्चित समयपछि सरेण्डर हुने सन्दर्भमा प्राधिकरणले बिशेष चासो राख्ने भएको छ।
एकल बीमाशुल्कको आधारमा हेर्ने हो भने प्राधिरणका अनुसार बीमकले ग्राहकको पहिचान तथा सो को सम्पुष्टि गर्दा बीमित र प्रस्तावकको औंठा छाप लिनुपर्ने साथै बीमित र अभिकर्ता बाहेक अन्य कुनै व्यक्तिले बीमितको नाममा नेपालस्थित कार्यालयमा एकलाख रुपैयाँभन्दा बढी बीमाशुल्क वा अन्य नगद रकम जम्मा गर्न आएमा त्यसरी रकम जम्मा गर्न आउने व्यक्तिको नाम, थर, सम्पर्क नम्बर वा ठेगाना र ग्राहकसँगको सम्बन्ध खुलाउने विवरण लिनुपर्ने ब्यवस्था रहेको छ ।नियामकले कडाई गरेको बिषयमा पनि कम्पनीमार्फत कुनै यस्ता पोलिसी बिक्रि नहा्स् भन्ने हेतुमा प्राधिकरणले यस्तो निर्णय गरेको जनाएको छ ।
प्राधिकरणले निर्जिवन र जीवन बीमा दुबैलाई यस बिषयमा सजग रह्न आग्रह गर्दै १३ बुँदे निर्देशन दिएको छ ।
बीमा प्राधिकरणले बीमकले ग्राहक, कारोबार वा सम्पत्तिको सम्बन्धमा शंकास्पद गतिविधि देखिएमा वा ग्राहकले शंकास्पद गतिविधि गर्ने प्रयास गरेमा वित्तीय जानकारी इकाईलाइ शंकास्पद कारोबारको विवरण तोकिएको ढाँचामा पेश गर्न समेत निर्देशन दिएको छ।