बजारमा नक्कली नोटको बिगबिगी, ६ महिना मै करोडौं बरामद, कस्तो छ प्रहरीको अप्रेसन ?
काठमाडौं । पछिल्लो समय नेपाली नक्कली नोटहरुको बिगबिगी बजारमा बढी रहेको छ । राजधानी काठमाडौंमै नक्कली नोटका कारखाना भेटिनु तथा राजधानी बाहिर र भारतीय सीमा क्षेत्रमा नक्कली नोटको बिगबिगी बढ्दा अर्थमन्त्रमा गम्भिर नकारात्मक असर परिरहेको देखिएको छ ।
दिनानुदिन नेपाली अर्थतन्त्रमा नै प्रभाव पर्ने गरी नक्कली नोट बनाउने समूह वृद्धि भइरहेदा नेपाल प्रहरी र सरकारलाई समेत खोटा चलन नियन्त्रणको विषय निकै चुनौतिपूर्ण बनिरहेको छ ।
अझ नक्कली नोट ग्रामिण क्षेत्रमा समेत जाने गरेका छन् । सहरी भेगमा वित्तीय साक्षरता बढेर पहिचान हुन थालेपछि गिरोहले ग्रामीण क्षेत्रका सर्वसाधारणमार्फत नक्कली नोट बजारमा ल्याउने गरेको देखिन्छ । छिटो धनि बन्ने सपनाले कयौं मान्छेले यस्ता कार्य गरी रहेको पाइन्छ भने कतिले नोट नै नचिनेर फन्दामा पर्ने गरेका छन् । बजारमा नक्कली नोटको कारोबार चलि रहदा राज्यले अभिभावकीय भुमिका खेल्न सकेको छैन ।
नक्कली नोटले अर्थतन्त्रलाई प्रभाव मात्र होइन नेपाली पैसालाई नै कमजोर समेत बनाउँदै लगि रहेको अवस्था छ । यसमा राज्यको भुमिका अहम हुनु जरुरी छ । सरकारले सक्रिय कदम अगाडि बढाउन नसके यस्ता काममा केहि समूहलाई थप प्रोत्साहन मिल्ने देखिन्छ ।
चालु आर्थिक वर्षको ६ महिनामा मात्र नक्कली नोट सम्बन्धी ३३ वटा मुद्धा दर्ता भएको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भिम प्रसाद ढकालले बताए । नक्कली नोटसहित चालु आर्थिक वर्षको पुष समान्तसम्मको अवधिमा ६२ जना ब्यक्ति प्रहरी नियन्त्रणमा परेका छन् । जसमा ५५ जना पुरुष, ४ जना महिना र ३ जना विदेशी नागरिक रहेका छन् ।
नक्कली नोटसहित प्रक्राउ गर्नेहरुबाट एक करोड एक लाख ६३ हजार ५०० रुपैयाँ नेपाली पैसा बरामद भएको छ । साथै, भारतीय रकम १६ हजार र अमेरिकी डलर १०० रुपैयाँ नक्कली नोट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
कस्तो छ प्रहरी अप्रेसन ?
नेपाल प्रहरी नक्कली नोट कारोबारका आउन नदिनको लागि निकै सक्रिय रहेको प्रहरी प्रवक्ता ढकाल बताए । उनले भने, एक दुई ठाउँबाट नक्कली नोटको केश आउने वित्तीय प्रहरीले थप सक्रिय भइ विभिन्न ठाउँमा छापा हान्नेदेखि अनुसन्धानलाई थप तिब्रता दिइ रहेको छ ।
ढकालका अनुसार पछिल्लो समय नक्कली नोट बनाउने मिसेन देखि र विदेशी डलर समेत फेला परेको बताए । ‘नेपाली पैसा जस्तै बनाउने मेसिनहरु सहित ब्यक्तिहरु पक्राउ परी रहेको अवस्था छ । अनि डलर साट्नेमा समेत नक्कली नोटको कारोबार भइरहेका केश बढी आइरहेका छन् ढकालले भने,– ‘पक्राउ गर्ने वित्तिकै कै आवश्यक कानुन बमोजिम मुद्धा चालई कारबाहि प्रक्रिया अघि बढाइरहेका छौ’ ।
कारबाही के हुन्छ ?
नक्कली नोटसहित पक्राउ पर्ने ब्यक्तिलाई नोटको मात्रा हेरी ७ वर्षसम्म जेल र ७० हजारसम्म जरिवाना हुने अभिवक्ता पूर्ण प्रसाद हमालले बताए । ‘नेपाली राष्ट्र बैंकले निकालेको नेपाली पैसा र विदेशको अधिकारी निकायले निकालेको जस्तै देखिने नक्कली नोट हो । यस्तो नोट कसैले पनि चलनचल्ती, निकासी, पैठारी, खरिद, बिक्री गर्नु हुँदैन यदि यस्तो गरेको पाइएका त्यो ब्यक्ति प्रक्राउ पर्छ । नोटको मात्रा हेरी ७ वर्षसम्म जेल र ७० हजारसम्म जरिवानाको ब्यवस्था छ’ ढकालले भने ।
कसैले दिएको नक्कली नोट थाहा नपाएर कारोबारमा ल्याउने ब्यक्ति पनि प्रक्राउ पर्ने अधिवक्ता ढकालले बताए । ‘कसैले नक्कली नोट दियो । त्यो नक्कली नोट हो भन्ने आफुलाई थाहा भएन । त्यहि पैसाले बजारमा किनमेल गर्दा थाहा पायो भने त्यो ब्यक्ति पक्राउ पर्छ उनले भने,– ‘अनुसन्धान पछि अरुले दिएको प्रमाणीत भएपछि मात्र निर्दोष सावित हुन्छ ।’
साथै, नक्कली नोट बनाउने मेशन राख्न तथा कुनै कम्पनीले नक्कली नोट समेत बनाउन नपाउने ब्यवस्था रहेको छ । यदि यस्तो काम भएको पाइएमा पनि ७ वर्ष कैद र ७० हजार जरिवाना हुने ढकालले बताए । यस्तो ब्यवस्था विदेशि नागरिकमा समेत लागु हुन्छ ।
बरामद भएको पैसा नेपाल राष्ट्र बैंकको रोहबरमा जलाउने अधिवक्ता ढकालले बताए । ‘कुनै पनि ब्यक्ति नक्कली नोटसहित नेपालको अधिराज्य भित्र फेला परेमा आवश्यक कारबाहि अघि बढाई नोट बरामदमा लिइन्छ । बरामद नोट नेपाल राष्ट्र बैंकको रोहबरमा जलाइन्छ’ ढकालले भने