हिमालयन लाइफको वार्षिक साधारणसभा सम्पन्न, ६ जना संचालक निर्विरोध निर्वाचित
१८ माघ २०८०, बिहीबार १५:३१
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा सिल्भर ओक बैंक्वेट, गैरीधारा काठमाडौंमा सम्पन्न भएको हो ।
सभाबाट कम्पनीको संचालक समितिको प्रतिनिधित्व गर्नेगरी ६ जना संचालक निर्विरोध निर्वाचित भएका छन् । संस्थापक समूहबाट सुलभ अग्रवाल, विवेक दुगड र सौरभ दुगड गरी तीन जना तथा सर्वसाधारण समूहबाट राजु प्रसाद प्याकुरेल, सचिन आचार्य र प्रमिला के.सी गरी ६ जना निर्वाचित भएका हुन् ।
त्यस्तै, सभाले साविक युनियन, प्राइम र गुराँस लाइफको आर्थिक वर्ष २०७८।७८ को वार्षिक वित्तीय विवरण छलफल गरी पारित गरेको छ । त्यसैगरी कम्पनीले संचालक समिति र उप समितिलाई भुक्तानी गरेको भक्ता पारित गरेको छ ।