बीमा भनेको के हो ?

२७ माघ २०८०, शनिबार ०७:५६

काठमाडौं । बीमा भनेको जोखिम व्यवथापनको महत्वपूर्ण औजार हो । आर्थिक नोक्सानी हुँदा दिईने क्षतिपूर्तिको सुनिश्चितता गर्नु नै बीमा हो । भावी जीवन असुक्षित हुन्छ, त्यसैले बीमितले आफ्नो जीवन, सम्पति वा दायित्वमा पर्न सक्ने जोखिमको आर्थिक भार बीमकलाई हस्तान्तरण गर्ने प्रकियालाई नै बीमा भनिन्छ ।

बीमा गर्दा बीमित र बीमकबीच लिखित सम्झौता हुन्छ । उक्त सम्झौतामा रहेर बीमा कम्पनीले नोक्सान बराबरको क्षतिपूर्ति अर्थात बीमा दावी भुक्तानी गर्ने प्रक्रिया छ ।व्यक्तिगत जीवन र समाजमा विपत्ति, जोखिमका अनेकौँ सम्भावनाहरु जहाँतँही हुन्छन् । जुन विपत्ति, जोखिम अहिले, आज, भरे, भोलि जतिखेर पनि हुनसक्छ । भवितव्य वा दुर्घना अनिश्चित छ ।

भविष्यमा आर्थिक तथा भौतिक क्षति हुनसक्ने जोखिम सबैलाई उत्तिकै हुन्छ । कतिखेर कसलाई के हुन्छ, कसैलाई थाहा हुँदैन । त्यसैले भोलिका दिनमा हुनसक्ने जोखिमको न्यूनीकरण गर्न तथा भविष्यमा हुनसक्ने जोखिम कहदारलाई हस्तान्तरण गर्नका लागि अपनाइने कानूनी विधि वा बीमा कम्पनीसँग गरिने एक प्रकारको सम्झौता बीमा हो ।

अनिश्चित जोखिम हस्तान्तरण गरी क्षतिपूर्ति प्राप्त गर्न उपयुक्त माध्यमलाई बीमाको पूर्ण व्याख्याको रुपमा लिन सकिन्छ । अनिश्चित जोखिम, दुघर्टनाले गस्रित भएका व्यक्ति वा संस्थाले आफ्नो जोखिम अनुरुप निश्चित बीमा शुल्क बुझाई घटना भएमा क्षतिपूर्ति प्राप्त गर्ने शर्तसहित बीमा योजना खरिद गर्न सक्दछन् । बीमा दुई पक्षबीच हुने लिखित सम्झौता पनि हो । बीमा गर्दा बीमा कम्पनी र बीमा गर्ने व्यक्तिका बीचमा गरिने सम्झौता हो । यस प्रक्रियामा बीमितको जोखिमको क्षतिपूर्तिको भार बीमाको माध्यमबाट बीमकमा हस्तान्तरण गरिन्छ ।

बीमा निश्चित अवधिका लागि गरिन्छ । त्यस अवधिमा बीमितको क्षति भएका खण्डमा कम्पनीले क्षतिपूर्ति भुक्तानी गर्छन् । बीमा गर्ने प्रक्रियाको प्रारम्भ बीमाको प्रस्ताव फारम तथा व्यक्तिगत स्वास्थ्य सम्बन्धि विवरणबाट हुन्छ । यस्ता फारमहरु सम्बन्धित बीमा कम्पनीहरुबाट लिनुपर्छ । ती फारमहरु बीमा गर्ने व्यक्ति स्वमले बीमा अभिकर्तामार्फत पेश गर्न सक्दछन् । यसरी बीमितले भरेको फारमको प्रस्तावलाई स्वीकार गर्ने नगर्ने भन्ने कुरा बीमक मै भर पर्दछ । यदि बीमितको प्रस्ताव स्वीकार भएमा पहिलो किस्ता बीमा शुल्क भुक्तानी गरेपछि बीमा प्रक्रिया प्रारम्भ हुन्छ । बीमा सम्बन्धि शर्त, सुविधासहितका सम्पूर्ण कागजातहरु बीमा कम्पनीले बीमितलाई बीमा स्वीकार भएपछि प्रदान गर्दछ । यसलाई बिमालेख भनिन्छ ।

बीमा दुई प्रकारको हुन्छ । एउटा जीवन बीमा अर्को निर्जिवन बीमा नेपालमा यी दुबै सेवाका लागि बीमा कम्पनीहरु विभिन्न जिल्लाहरुमा रहेका छन् । जहाँ हामीलाई पायक पर्छ सोही स्थानमा हामीले बीमा गराउन सक्छौं ।
नेपालमा बीमा कम्पनीहरुको नियमनकारी निकाय भनेको नेपाल बीमा प्राधिकरण हो । जसले सञ्चालनमा रहेका बीमा कम्पनीहरुको नियमन तथा नयाँ नीति र योजना ल्याउने कार्य गर्दछ । पछिल्लो समय बीमा प्राधिकरणले देशका सुगमदेखि दुर्गम स्थानहरुमा बीमा सचेतना कार्यक्रम सञ्चालन गरी बीमा सचेतनाको कार्य गर्दै आइरहेको छ । जुन आफैंमा प्रशंनीय छ ।

जीवन बीमा भनेको के हो ?
जीवन बीमा भनेको मानिसको जीवनसँग सम्बिन्धित जोखिमविरुद्ध गरिने सुरक्षणलाई बुझन सकिन्छ । जीवन बीमाले विपत्ति परेको खण्डमा आर्थिक रुपले सुरक्षा प्रदान गर्दछ ।
भावी जीवनमा आउने भवितव्यबाट सुरक्षित रहने उत्तम विकल्प जीवन बीमा हो । बीमाको निश्चित अविधि सकिएपछि नीजकोे बीमालेखमा तोकिएको रकम र त्यस अविधिमा प्राप्त हुने अतिरिक्त रकम बोनस प्राप्त गर्न सक्नेछन् । मानिसको जीवनमा अनेकन प्रकारका विपत्तिहरु आउँछन् । यी विपत्तिहरुसँग सामना गर्न सक्ने क्षमता जीवन बीमाले प्रदान गर्दछ ।
मानवीय जीवनमा जीवन बीमाको अधिक महत्व छ । र, यो अपरिहार्य छ । जीवन बीमाले आर्थिक सुरक्षा, लगानी तथा बचतको अवसर दिनुका साथै पूँजी निर्माण, करमा छुट जस्ता महत्वपूर्ण सुविधाहरु समेत प्रदान गर्छ । त्यसैले जीवन बीमा अनिवार्य बचत एंव आश्रितहरुको भलाइको व्यवस्था हुने उत्तम उपाय पनि हो । जीवन बीमामा विशेष गरी आजीवन बीमा, सावधिक बीमा, म्यादी बीमा र एन्युटी बीमाहरु पर्दछन् ।

निर्जीवन बीमा भनेको के हो ?
निर्जीवन बीमा निश्चित अविधिको लागि गरिने सम्झौतापत्र हो । यसमा बीमा गर्ने कम्पनी र बीमा गर्ने व्यक्तिकाबीच सम्झौता हुन्छ । यस्तो सम्झौतालाई करार भनिन्छ । करार गर्दा तोकिएको निश्चित अविधिमा बीमा गरिएको सम्पत्ति गुम्ने वा व्यक्तिको मृत्यु वा अंगभंग भएमा बीमाङ्कको परिधिमा रही वास्तविक रुपमा कति हानीनोक्सानी भएको हो, त्यसको आधारमा बीमा कम्पनीले सम्बन्धित पक्षलाई क्षतिपूर्तिका रुपमा भुक्तानी गर्ने कुरा किटान गरिन्छ । सम्पत्तिको हानी नोक्सानी र दायित्वको जोखिमबाट मुक्त हुनका लागि गरिने करार हो, निर्जीवन बीमा । निर्जीवन शब्दले सम्पत्ति र दायित्व सम्बन्धी विषयलाई बोध गराएता पनि यसले मानव जीवनको केही अंशलाई भने समेटेकै हुन्छ । जीवन बाहेक चल अचल सम्पत्तिसँग सम्बन्धित बीमा यस अन्र्तगत पर्छन् ।
निर्जीवन बीमामा खास गरेर अग्नि बीमा, सामुन्द्रिक बीमा, हवाई बीमा, मोटर बीमा, विविध बीमा पर्दछन् । पछिल्लो समय बीमाप्रति मानिसहरुको धारण सकारात्मक हुँदै गएको छ । र, बीमा समितिले बीमाको पहँुच वृद्धि गर्नका लागि बीमा सचेतनाका कार्यक्रमहरु सक्रिय रुपमाअघि बढाउँदै आइरहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*