कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

१५ माघ २०८०, सोमबार १०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी नन्द लाल सुवेदीको नाममा रहेको एक हजार ८१२ कित्ता र ढाल बहादुर हमालको नाममा रहेको तीन हजार १८ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न सक्नेछन् । सो शेयर खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालय काठमाडौं, टंगालमा निवेदन पेश गर्नुपर्नेछ ।

उक्त शेयरको मूल्यभने बिक्रेताले तोकेबमोजिम हुनेछ । तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेको खण्डमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*