नाडा र एशियाली विकास बैंकका पदाधिकारीहरुबीच के–के भयो छलफल ?

१४ माघ २०८०, आईतवार १८:२९

काठमाडौँ । नाडाको सचिवाल टेकुमा नाडा र एशियाली विकास बैंक पदाधिकारीहरु विच विभिन्न विषयहरुमा विस्तृत छलफल भएको छ । नाडाका अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यतामा उक्त बैठक बसेको हो ।

छलफलमा नेपालमा अटोमोवाइल बजारको सम्भाव्यता, विद्युतिय सवारी साधनहरुको व्यवसायमा देखिएका चुनौतीहरु र त्यसका विषयमा पाठयक्रम बनाई कसरी अगाडी बढने भन्ने विषयमा अर्को पटक छलफल गर्ने तय भएको हो ।

उक्त बैठकमा सो प्रोजेक्टकातर्फबाट डा.सुमित पोखरेल, चन्दन सापकोटा रुपक शर्मा तथा कृष्ण पाठकको उपस्थिति रहेको थियो । त्यसैगरी सो छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उपे्रती, सचिव विक्रम सिंहानिया र सहकोषाध्यक्ष श्री पंकज अग्रवाल समेतको उपस्थिति रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*