कहिलेसम्म कायम सेयरधनीहरुले रिडी पावरको हकप्रदमा आवेदन दिन पाउँछन् ?
१४ माघ २०८०, आईतवार १७:५८
काठमाडौं । रिडी पावर कम्पनीले हकप्रद सेयर निष्कासनको लागि बुक क्लोजको मिति तय गरेको छ । कम्पनी हकप्रद निष्कासनको लागि माघ २२ गते बुक क्लोज गर्ने भएको हो ।
कम्पनीको माघ १४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । बुक क्लोजको मिति तय भएसँगै माघ २१ गतेसम्म कायम आवेदन दिन पाउनेछन् ।
कम्पनीले १ः०.५ को अनुपात बराबरको हकप्रद निष्कासन गर्न लागेको छ ।