३०८ देखि ५६० रुपैयाँसम्म किन्न पाइन्छ फाइनान्स कम्पनीहरुको शेयर, कुनको कति?
१४ माघ २०८०, आईतवार १७:०९
काठमाडौं । आइतबार बजार दोहोरो अंकले बढ्दा १३ फाइनान्स कम्पनीहरुको शेयरमूल्यमा सुधार देखिएको छ । यस दिन फाइनान्स उपसूचक ०.८२ प्रतिशतले उचालिएको हो ।
आज फाइनान्स परिसूचक १४.७१ अंकले बढेर १८०१.५६ को विन्दुमा कायम भएको छ । यस दिन फाइनान्स सेक्टरबाट कुल १५ सूचीकृत कम्पनीहरु कारोबारमा आएका हुन् । जसमध्ये २ कम्पनीको शेयरमूल्य घट्यो भने बाँकीको १३ कम्पनीको शेयरमूल्य बढेको छ ।
आज पोखरा फाइनान्स कम्पनीको सर्वाधिक २.२२ प्रतिशतले शेयरमूल्य बढेको छ । यस दिन ७ कम्पनीहरुको शेयरमूल्य १ प्रतिशतभन्दा बढीले बढेको हो । त्यस्तै, गुडविल फाइनान्स र मल्टिपर्पस फाइनान्स कम्पनीको शेयरमूल्य भने क्रमशः ०.८८ र ०.४३ प्रतिशतले घटेको छ ।