नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन
१४ माघ २०८०, आईतवार १६:४३
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । आइतबार रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र अरुण भ्याली हाइड्रोपावरको सेयर मूल्य नेप्सेमा समायोजन भएको हो ।
रिलायबल नेपालको १६ प्रतिशत बोनस समायोजन गरेको हो । समायोजन पछि कम्पनीको सेयर मूल्य ४९७ रुपैयाँ ८४ पैसा कायम भएको छ । आज कम्पनीको अन्तिम कारोबार ५ सय ७७ रुपैयाँ ५० पैसामा भएको थियो ।
त्यस्तै, अरुण भ्यालीको १०० प्रतिशत हकप्रद बापतको सेयर मुल्य समायोजन गरेको हो । समायोजन पछि कम्पनीको सेयर मूल्य १९० रुपैयाँ १० पैसामा कायम भएको छ । आज कम्पनीको अन्तिम कारोबार २८० रुपैयाँ २० पैसामा भएको थियो ।