१७ बीमा कम्पनीको सेयर मूल्यमा वृद्धि, कुनको कति बढ्यो ?
१४ माघ २०८०, आईतवार १५:५१
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सात दिनेको ओरालोमा ब्रेक लागेको छ । बजार आज दोहोरो अकंले बढेको हो । बजारमा सुधार आएसँगै लगानीकर्तामा उत्साह छाएको छ ।
नेप्सेमा सुचिकृत २४ वटा जीवन र निर्जीवन बीमा कम्पनीहरुमध्ये १७ वटाको सेयर मूल्य बढेको छ । त्यसैगरी ७ वटाको मूल्य घटेको हो ।
जीवन बीमा तर्फ ९ कम्पनीको मूल्य बढेको छ भने ३ कम्पनीको सेयर मूल्य घटेको हो । आज जीवन बीमातर्फ एलआइसी नेपालको सेयर मूल्य सर्वाधिक बढेको हो । कम्पनीको सेयर प्रतिकित्ता १२ रुपैयाँ ९ पैसाले बढेको हो ।
निर्जीवन बीमा तर्फ ८ कम्पनीको सेयर मूल्यमा सुधार आउँदा ४ कम्पनीको मूल्य भने घटेको हो । आज राष्ट्रिय बीमा कम्पनीको सेयर सर्वाधिक प्रतिकित्ता ९९ रुपैयाँ ९ पैसाले बढेको हो ।