तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनको बढ्यो सर्वाधिक?
१४ माघ २०८०, आईतवार १५:०७
काठमाडौं । आइतबार १७३ सूचीकृत कम्पनीहरुको शेयरमूल्य बढेको छ । यस दिन मिड सोलु हाइड्रोपावर, माथिल्लो मैलुङ खोला जलविद्युत र साम्लिङ पावरको शेयर सकारात्मक सर्किट लेभलमा बढेर कारोबार भएको हो ।
त्यसैगरी आज, हाथवे इन्भेष्टमेन्ट, माउन्टेन हाइड्रो नेपाल, एशियन हाइड्रोपावर, यूनाइटेड मोदी हाइड्रोपावर, बुद्ध भूमि नेपाल हाइड्रोपावर, समाज लघुवित्त र सपोर्ट माइक्रोफाइनान्सको शेयरमूल्य सर्वाधिक बढेको छ ।