एशियन लाइफ इन्स्योरेन्सले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?
१४ माघ २०८०, आईतवार १०:३८
काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको माघ १२ गते बसेको सचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ७.७५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो र।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।