प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्न मारुती सिमेन्ट्स धितोपत्र बोर्ड पुग्यो
१३ माघ २०८०, शनिबार १४:४४
काठमाडौं । मारुती सिमेन्ट्सले प्रिमियम मूल्यमा आईपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ।
कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १७७ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २७७ रुपैयाँमा शेयर निष्काशन गर्न अनुमति माग गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि कुल १ करोड १६ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । यसरि कम्पनीले कुल ३ अर्ब २१ करोड ३२ लाख रुपैयाँ बराबरको शेयर निष्काशन गर्न प्रस्ताव गरेको हो। कम्पनीले शेयर निष्काशनको लागि नबिल इन्भेष्टमेन्टलाई बिक्री प्रबन्धक चयन गरेको छ ।