नेको इन्स्योरेन्स कम्पनीको अध्यक्षमा रमेश प्रसाद निरौला

१२ माघ २०८०, शुक्रबार १४:३८

काठमाडौं । नेको इन्स्योरेन्सको कम्पनीको अध्यक्षमा रमेश प्रसाद निरौला चयन भएका छन् । कम्पनीको आज सम्पन्न २८ औं वार्षिक साधारण सभापछि बसेको संचालक समितिको बैठकले अध्यक्ष पदमा निरौलालाई सर्बसम्मत चयन गरेको हो । यस अघि कम्पनीको अध्यक्षमा रोहित कुमार भट्टराई थिए ।

कम्पनीको आज सम्पन्न साधारण सभाबाट संस्थापक शेयरधनीको तर्फबाट विनय रमण पौडेल(प्रतिनिधी राष्ट्रिय वाणिज्य बैंक) र प्रताप सुवेदी (प्रतिनिधि कृषि विकास बैंक)तथा सर्वसाधारण समुहबाट भानुभक्त पोखरेल, डा. निलीमा श्रेष्ठ र भरत कुमार अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*