विद्युतीय गाडीमा दिएको छुटले ३५ अर्ब बढी राजस्व कम भयोः अर्थमन्त्री महत
१२ माघ २०८०, शुक्रबार ११:५३
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले विद्युतीय गाडीलाई कर छुटले ३५ अर्ब बढी राजस्व कम भएको दाबी गरेका छन् । शुक्रबार काठमाडौँमा अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
अर्थमन्त्री डा महतले पेट्रोलियम पदार्थबाट चल्ने गाडीको तुलनामा विद्युतीय गाडी आयात हुँदा राजस्व अपेक्षित उठ्न नसकेको बताए । विगतमा गाडी आयात इन्धनमा आधारित भएकोमा अहिले विद्युतीय गाडीको आयात दोब्बर रहेको महतको भनाइ रहेको थियो ।
आन्तरिक राजश्व कार्यालय र भन्सार कार्यालयले आफूलाई प्रविधिमैत्री बनाउँदै लैजान जरुरी रहेको बताए । विद्युतीय सवारीसाधनहरुको आयात इन्धनमुखी सवारीको भन्दा दोब्बर बढी भएकाले पनि भन्सार राजश्व कम उठेको बताए ।