सर्वोत्तम सिमेन्टको बदमासीः सात बर्षमा छ अर्ब मुनाफाको ५०% भन्दा बढि राजश्व छुट, छुटकै कारण बढेको मुनाफा देखाएर महंगो मूल्यमा बुक बिल्डिङ

११ माघ २०८०, बिहीबार १९:३२

काठमाडौं । सर्वोत्तम सिमेन्टले लगानीकर्ता र सरकारलाई भुक्याएर अर्बौ रुपैयाँको मुनाफामा ५० प्रतिशतभन्दा बढि राजश्व छुट लिएको र राज्यले राजश्व छुट दिएकै कारण बढेको मुनाफा देखाई लगानीकर्ता, सरकार अनि नियामकलाई झुक्याएर बुक बिल्डिङमा आईपिओ निष्काशन गरेको खुलेको छ । बीमापोष्टलाई प्राप्त कागजातमा सर्वोत्तम सिमेन्टले पछिल्लो हालसम्म छ अर्ब रुपैयाँ भन्दा बढि मुनाफाबाट तिर्नुपर्ने ३० प्रतिशत राजश्वमा ५० प्रतिशत भन्दा बढि छुटको लाभ लिएको देखिएको छ ।

अर्बौ रुपैयाँ राजश्व छुट लिएको कम्पनीले सोही राजश्व छुटकै कारण बढेको देखिएको मुनाफालाई आधार बनाएर बुक बिल्डिङमा आईपिओ निष्काशन गरेको देखिएको छ । सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ आईपिओ सम्बन्धी आफ्नो विवरण पत्रमा कर छुट लिएको हिसाब घटाएको छैन । सर्वोत्तम सिमेन्टले पछिल्लो सात वर्षमा करिब छ अर्ब रुपैयाँ मुनाफा कमाएको थियो । सर्वोत्तम सिमेन्टलले सरकारले आव २०७३ सालको बजेट बक्तव्यमा ५० प्रतिशत आय कर छुट सुविधा दिने घोषणाको दावी गरी उक्त छुट लिएको थियो । यस बाहेक सो कम्पनीले अन्य कर छुट समेत दिएको तथ्याङ्कमा देखिएको छ । थप छुट लिएको विषयमा थप अध्ययन गरेपछि मात्रै स्पष्ट हुने देखिएको छ । एक पटक कुनै पनि विषयमा सुविधा लिइसकेपछि अर्को उक्त विषय भन्दा सानो छुट सुविधा लिन पाइदैन । तर, सर्वोत्तमले सिमेन्ट पटक पटक यस्तो कर छुट सुविधा लिएको देखिएको छ तर ५० प्रतिशत छुट सुविधा लिएको तथ्य तत्काल पुष्टि भइसकेको छैन ।

बीमापोष्टले सर्वोत्तम सिमेन्टका सिईओ सन्तोष केसीसँग जिज्ञाशा राख्न खोज्द सम्पर्कमा आउन चाहेनन भने बिरामी भएर घरमा आराम गरिरहेको जानकारी दिन लगाइएको छ । उता, कम्पनीका सूचना अधिकारी को हुन् भन्ने जानकारी दिन सर्वोत्तम सिमेन्टले मानेको छैन ।

कर छुट लिएर नेपाल सरकार, नियामक र लगानीकर्तालाई ढाँटेको सर्वोत्तम सिमेन्टको बुक बिल्डिङले निकै महंगो मूल्य चुकाउनु पर्ने संकेत देखिएको छ । नेपाल धितोपत्र बोर्डमा आज पाल्पा रिब्दिकोटकी एक महिलाले उजुरी दर्ता गर्दै सर्वोत्तम सिमेन्टले राज्यले दिएको ५० प्रतिशत कर छुट सुविधा देखाएर बुक बिल्डिङमा आईपिओ निष्काशन गरी सरकार, नियामक र लगानीकर्तालाई झुक्याएको भन्दै तत्काल उक्त बुक बिल्डिङ आईपिओ स्थगित गरी सर्वोत्तम सिमेन्टको मुनाफामा राज्यकोषको योगदान घटाएर पुनः मूल्याङ्कन हुनपर्ने माग गरेकी छिन् । नेपाल धितोपत्र बोर्डमा दर्ता भएको उजुरीमाथि बोर्डले छानविन गर्छ वा यसअघिका अध्यक्ष रमेश हमालले गरेको सेटिङलाई नै मान्यता दिन्छ ? त्यो प्रतिक्षाको विषय बनेको छ ।

 

सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ आईपिओमा स्वार्थ बाझियो, बिक्री प्रबन्धक तीन वटै कम्पनीको नाममा करोडौंको शेयर

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*