नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य समायोजन

११ माघ २०८०, बिहीबार १७:२९

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस सेयर समायोजन भएको छ । बिहिबार कम्पनीको ८.६३ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

आज कम्पनीको अन्तिम कारोबार मूल्य ६६० रुपैयाँलाई आधार मानेर मुल्य समायोजन भएको हो। समायोजनपछि यसको मूल्य ६०७ रुपैयाँ ५७ पैसा कायम भएको छ । सोही मुल्यलाई आधार मानेर यसको कारोबार खुला हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*