डेडिकेटेड र ट्रंक लाइन विवाद समाधान आयोगका अध्यक्षले लिए शपथ

११ माघ २०८०, बिहीबार १५:२०

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड र ट्रंक लाइनको महसुल भुक्तानी सम्बन्धी विवाद छानबिनका लागि गठित न्यायिक आयोगले शपथ लिएको छ ।

छानबिन आयोगका अध्यक्ष पूर्वन्यायाधीश गिरिशचन्द्र लालले बिहीबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

लाल सर्वोच्च अदालतका पूर्व न्यायाधीश हुन् । मन्त्रिपरिषद्को निर्णयबाट गत माघ ११ गते गठन भएको आयोगमा ऊर्जा मन्त्रालयका सहसचिव र उद्योग मन्त्रालयका सहसचिव जीवलाल भुसाल सदस्य छन् ।

लोडसेडिङका बेला केही उद्योगले प्रिमियम शुल्क लाग्ने डेडिकेटेड र ट्रंक लाइनबाट बिजुली उपयोग गरेका थिए । बिलमा प्रिमियम रकम छुटेको दाबी गर्दै विद्युत् प्राधिकरणले छुट बिलसहितको पत्र काटेपछि विवाद उत्पन्न भएको थियो ।

विवाद बढेपछि प्रधानमन्त्री प्रचण्डले काटिएका उद्योगको विद्युत् लाइन जोडिदिन निर्देशन गर्दै आयोग गठन गरेका थिए । आयोग बनेपछि काटिएका उद्योगका बिजुली जोडिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*