धिताेपत्र बाेर्ड हमालकाे तानाशाही निर्णय अझै कार्यान्वयन गर्दै, सेवाग्राहीलाई प्रवेश निषेध !
काठमाडाैं । पुँजि बजार सम्बन्धी नियामक निकाय नेपाल धिताेपत्र बाेर्डबाट भ्रष्टाचारका आराेपी रमेश हमाल बाहिरिए पनि उनकाे पालामा लागू गरिएकाे कतिपय तानाशाही नियमहरू जारी नै रहेकाे पाइएकाे छ । हमालकाे पालामा माफियासँग मिलेर सर्वसाधारणकाे घाँटी रेट्ने निर्णय गरेका थिए । जसका कारण सर्वसाधारणकाे आक्राेसबाट वचन भाडाका बडिगार्ड लिएर हिड्ने र सेबाेनमा आम जनताकाे पहँचमा कडाई गरेका थिए ।
साे नियम अहिले पनि नेपाल धिताेपत्र बाेर्डका कायमै रहेकाे छ । बाेर्डकाे खुमलटारस्थित कार्यालयमा गुनासाे गर्न र पुँजि बजारबारे जिज्ञाशा लिएर पुग्ने जाे काेहीलाई गेटमा नै राेक्ने, नागरिकता परिचय पत्र नभए भित्र प्रवेश नदिने गरिएकाे छ ।
सेवाग्राहीलाई कार्यालय प्रवेशमा राेक लगाईएकाे सम्बन्धमा जिज्ञाशा राख्दा प्रबक्ता मुक्ति श्रेष्ठले गेटमा नागरिकता राख्नुपर्ने नियम रहेकाे स्वीकार गर्दै यस सम्बन्धमा कार्यालयका प्रमुख नबराज अधिकारीसँग सम्पर्क गर्न भने । हाल सेबाेनमा पत्रकारहरूलाई कडाई गर्ने हमालकै निर्णय जारी रहेकाे पाइएकाे छ ।
भ्रष्टाचार र घुस सेटिङका कारण पछिल्लाे समय नेपाल धिताेपत्र बाेर्ड शेयर माफिया र भ्रष्टाचारीहरूकाे अखडा बन्दै गइरहेकाे छ । संसदकाे लेखा समितिले प्रिमियम मूल्यमा आईपिओ जारी गर्ने निर्णयमा भ्रष्टाचार भएकाे भन्दै संलग्न दाेषीलाइ कारवाही गर्न अख्तियार समक्ष सिफारिस गरेकाे छ । बाेर्डमा कार्यरत कर्मचारीहरू घुस सेटिङ काम गर्ने गरेकाे आराेप लाग्दै आएकाे छ ।