प्रभु महालक्ष्मी लाइफको निमित्त सिईओ बने सन्तोष प्रसाई
११ माघ २०८०, बिहीबार १०:३६
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सिईओ पद रिक्त भएपछि डेपुटी सिईओ सन्तोष प्रसाईलाई निमित्त सिईओको जिम्मेवारी तोकिएको छ । प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले पदबाट दिएको राजिनामा हिजो स्वीकृत भएपछि डेपुटी सिईओ प्रसाईलाई निमित्त सिईओको जिम्मेवारी तोकिएको हो ।
मर्जर हुनुअघि प्रभु लाइफमा सिईओ रहेका प्रसाई नेपाली बीमा क्षेत्रका अनुभवी बीमा प्रसासक हुन् । यसअघि लामो समय नेपाल लाइफमा काम गरेका उनी सिईओसम्म बनेर प्रभु लाइफमा आएका थिए । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी महालक्ष्मी लाइफसँग मर्जरमा गएपछि भागबण्डामा प्रभु लाइफले अध्यक्ष पाएकोले सिईओ प्रसाई डेपुटी सिईओमा रहेर काम गरिरहेका थिए ।
*सम्पादन गरिएको