सानिमा जीआइसी इन्स्योरेन्सले लाभांश नदिने
११ माघ २०८०, बिहीबार १०:३३
काठमाडौँ । सानिमा जीआइसी इन्स्योरेन्सले लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।
कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो । सोहि बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल बीमा प्राधिकरणमा पेश गर्ने निर्णय गरेको हो ।