सानिमा रिलायन्स लाइफको छैठौं बार्षिक साधारण सभा आज बस्दैं, के–के छन् एजेण्डा ?

११ माघ २०८०, बिहीबार ०९:०५

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले वार्षिक साधारणसभा आज बस्दैछ । कम्पनीको छैठौं वार्षिक साधारणसभा अम्रपाली ब्याङ्क्वेट भाटभटेनी नक्साल काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

कम्पनीको सभाले आर्थिक वर्ष २०७८।७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, साविक सानिमा लाइफ र रिलायन्स लाइफको आर्थिक वर्ष २०७८–७९ को लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, सभाले आर्थिक वर्ष २०७९।८० को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।

त्यसैगरी, सभाले सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनार्थ पुस २६ गते बुक क्लोज गरेको छ। जस अनुसार सोको अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी सभामा भाग लिन योग्य हुनेछन । कम्पनीले यस वर्ष मुनाफा वितरण गर्ने प्रस्ताव भने राखेको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*