प्रथम बीमाशुल्क आर्जन अधिकांश बीमा कम्पनीको घट्यो, कुनको कति ? (सूची सहित)
१० माघ २०८०, बुधबार १८:१०
काठमाडौं । जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन अधिकांश कम्पनीहरुको घटेको छ। नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्यांक अनुसार पुष मसान्तसम्ममा कम्पनीबाहेक सबै कमपनीको प्रथम बीमाशुल्क आर्जनमा गिरावट आएको छ।
बीमा प्राधिकरणको तथ्यांक अनुसार पुष मसान्तसम्ममा नेशनल लाइफ, नेपाल लाइफ, एशियन लाइफ, आइएमई लाइफ र मेट लाइफबाहेक सबै जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जनमा गिरावट आएको छ।प्राधिकरणको तथ्यांक अनुसार पुष मसान्तसम्ममा नेशनल लाइफको प्रथम बीमाशुल्क गत आर्थिक बर्षको तुलनामा २१ प्रतिशतले बढेको देखिएको छ।नेपाल लाइफको प्रथम बीमाशुल्क आर्जन २१.७२ प्रतिशतले वृद्धि भएको छ।