पुस महिनामा मात्रै जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन १२ अर्ब ४७ करोड

१० माघ २०८०, बुधबार १६:५८

काठमाडौं । जीवन बीमा व्यवसाय गर्ने बीमा कम्पनीहरुले पुस महिनामा मात्रै १२ अर्ब ४७ करोड ३५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । १४ जीवन बीमा कम्पनीहरुले प्रथम बीमाशुल्क बापत दुई अर्ब ८४ करोड ३५ लाख र नवीकरण बीमाशुल्क बापत नौ अर्ब ६२ करोड ९९ लाख गरी १२ अर्ब २७ करोड ३५ लाख कुल बीमाशुल्क आर्जन गरेका हुन् ।

सबै भन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले तीन अर्ब २६ करोड २३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यस्तै, एलआईसी नेपालले एक अर्ब ७० करोड ६१ लाख, नेशनल लाइफले एक अर्ब ४० करोड ५५ लाख र हिमालयन लाइफले एक अर्ब २९ करोड ४५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*