आज बीमा कम्पनीहरुको शेयर कारोबार कस्तो रह्यो ?

१० माघ २०८०, बुधबार १६:३७

काठमाडौं । नेप्से ओरालो लागेके छ । आज लाइफ जीवन बीमा समुहको सूचक ३८।०५ अंक र निर्जीवन बीमा समुहको ३२।२८ अंकले घटेको छ ।

सुचिकृत २४ वटा जीवन र निर्जीवन बीमा कम्पनीहरुमध्ये १४ वटाको भाउ घटेको छ । त्यसैगरी ७ वटाको भाउ बढ्दा ३ वटा कम्पनीको भाउ यथावत रहेको छ । जीवनतर्फ ५ वटाको मूल्य बढ्दा ६ वटाको मूल्य घटेको छ । यस समुह तर्फ एउटा कम्पनीको शेयर भाउ स्थिर छ। यता निर्जीवन बीमा तर्फ २ वटाको भाउ बढ्दा ८ वटा कम्पनीको भाउ घटेको छ भने २ वटाको शेयर भाउ यथावत रहेको छ ।

आज जीवन बीमातर्फ प्रभु महालक्ष्मीको शेयर मूल्य सर्वाधिक २।०४ प्रतिशत घटेको छ । यस्तै, निर्जीवन बीमातर्फ नेपाल इन्स्योरेन्सको शेयर मूल्य १।५१ प्रतिशत घटेको छ ।

आज जीवन बीमा तर्फ नेपाल लाइफ इन्स्योरेन्सको शेयर मूल्य सर्वाधिक ०।३२ प्रतिशत र निर्जीवन बीमा समुह तर्फ नेको इन्स्योरेन्सको शेयर मूल्य सर्वाधिक १।८१ प्रतिशत बढेको छ ।

आज पुनर्बीमा तर्फ नेपाल पुनर्बीमा कम्पनीको शेयर मुल्य १।७६ प्रतिशत घटेको छ भने हिमालयन रिइन्स्योरेन्सको शेयर मूल्य ०।४४ प्रतिशत घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*