बीमा र बैंकिङ प्रणालीमा बढ्यो शंकास्पद कारोबार: ३६ अर्बको सम्पत्ति शुद्धीकरण भएको आशंका
काठमाडौं । गत आर्थिक वर्षमा बीमा र बैंक तथा वित्तीय संस्थाबाट ३६ अर्ब ३६ करोड २१ लाख रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरण भएको आशंका गरेको छ ।
नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाईले गत आर्थिक वर्ष २०७९/०८० को सम्पत्ति शुद्धीकरण सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै ३६ अर्ब ३६ करोड २१ लाख रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरण भएको आशंका सहितको प्रतिवेदन इकाईमा जानकारी गराएको हो ।
प्रतिवेदन अनुसार वाणिज्य बैंकहरुले ३५ अर्ब ५७ करोड ८७ लाख ५० हजार भन्दा बढी रकम सम्पत्ति शुद्धीकरण भएको आशंकामा वित्तीय जानकारी इकाईमा जानकारी गराएका छन् ।
यस्तै विकास बैंकले १६ करोड १७ लाख ७० हजार, फाइनान्स कम्पनीले २२ करोड ६४ लाख ७ हजार, जीवन बीमा कम्पनीले ४ करोड ३९ लाख २० हजार, भुक्तानी सेवा प्रदायकबाट १३ हजार, बिप्रेषण कम्पनीबाट ८ करोड ८१ लाख १० हजार र स्टक ब्रोकर कम्पनीबाट २६ करोड २९ लाख रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरण भएको आशंकामा वित्तीय जानकारी इकाईमा जानकारी गराएको छ ।