संसद्को हिउँदे अधिवेशन माघ २२ गते बोलाउन सिफारिस गर्ने सरकारको निर्णय
९ माघ २०८०, मंगलवार १८:२४
काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन माघ २२ गते बोलाउन सिफारिस गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । यसअघि कात्तिक १६ गते रातिबाट संसदको बजेट अधिवेशन अन्त्य भएको थियो ।