मिड सोलु हाइड्रोपावर र गुराँस लघुवित्तको शेयरमा चर्काे गिरावट, आज कस्को घट्यो सर्वाधिक?
९ माघ २०८०, मंगलवार १५:१४
काठमाडौं । मंगलबार नेप्से झिनो अंकले घट्दा १३७ सूचीकृत कम्पनीहरुको शेयरमूल्य ओरालो लागेको छ । यस दिन मिड सोलु हाइड्रोपावर र गुराँस लघुवित्तको शेयरमूल्य क्रमशः ६.२० र ५.९० प्रतिशतले घटेको हो ।
त्यस्तै आज अप्पर स्याङ्गे हाइड्रोपावरको ४.८४, आशा लघुवित्तको ४.६७, लक्ष्मी इक्विटी फण्ड र हिमालयन पावरको ४.३२ प्रतिशतले शेयरमूल्य ओरालो लागेको छ ।
त्यसैगरी, त्रिशुली जलविद्युत, मैलुङ खोला जल विद्युत, मोलुङ हाइड्रोपावर र हिमालयन लघुवित्तको शेयरमूल्य सर्वाधिक घटेको छ ।