काठमाडौँ महानगरपालिका भित्र आजदेखि कालोपत्रे सडकमा पार्किङ् गर्न नपाइने

९ माघ २०८०, मंगलवार ११:१०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नयाँ सडकको कालोपत्रे सडकमा आजदेखि पार्किङ् गर्न नपाइने निर्णय गरेको छ । नयाँ सडक जानु पर्ने सवारी धनीलाई काठमाडौँ टावर (साविक पुरानो बसपार्क) मा निःशुल्क पार्किङ्को सुविधा उपलब्ध गराइएको महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए ।

यस ठाउँमा ३ सय वटा चारपाङ्ग्रे सवारी साधन र ७ सय वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ् गर्न सकिन्छ । ‘पार्किङ् निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने योजना बनाएका छौँ । यसले सवारी आवागमनमा सहज बनाउने अपेक्षा गरेका छौँ ’ पाण्डेले भने ।

धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महावौद्ध, वीरअस्पताल आसपासको कालोपत्रे सडकमा पार्किङ् निषेध गरिनेछ । यसअघि झोँछे क्षेत्रमा सवारी पार्किङ् निषेध कार्यान्वयन गरिसकिएको छ ।

One thought on “काठमाडौँ महानगरपालिका भित्र आजदेखि कालोपत्रे सडकमा पार्किङ् गर्न नपाइने

  1. RAJAN says:

    अति राम्रो निर्णय,( न्यू-रोडमा निजि पार्किङ्ग हुनेको लागि), अब सटरको कमाई भन्दा पार्किङ्गको कमाई राम्रो हुने भयो । यति मात्र कहाँ हो र भरिया वर्गको लागि नयाँ रोजगारको अवसर पनि त सिर्जना भयो त ! पसलबाट २/४ वटा झोला बोकेर धरहरा सम्म ल्याउदा ५०/१०० ज्याला पनि पाईने । अनि गाडीवालालाई पनि पहिलेको घण्टे पार्किङ महसुल भन्दा त सस्तै पर्ने, भएन त राम्रो फाइदा ? तै तै अब मनपाले झोला बोकाएको ज्याला दर पनि तोकिदिए अझ नमुनाको काम हुने थियो । एउटा नयाँ अवसर दुई पाङ्ग्रे सवारी साधनलाई पनि छ है धरहरा देखि न्यूरोड, इन्द्रचोक, बसन्तपुर सम्म हिड्न गाह्रो लाग्नेको लागि पठाउ सेवाले राम्रै काम पाउने भए । तर शहर सफा गर्ने अभियानमा उल्लिखित क्षेत्रका व्यापारीहरुको चाहि राम्रै सफाई होला जस्तो छ तपाईलाई कस्तो लाग्दछ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*