सचेत महिलाको सहकार्यमा आईएमई लाइफले दियो दाबी भुक्तानी

८ माघ २०८०, सोमबार १८:२१

काठमाडौं । सचेत महिलाको सहकार्यमा आईएमई लाइफले दाबी भुक्तानी एक लाख चालीस हजार रुपैया हस्तान्तरण गरेको छ । आइतबार बुटवल (१३ बेलवासमा अवस्थीत सचेत महिला बचत तथा ऋण सहकरी संस्था लि।ले आफ्नै कार्यालयमा एक कार्यक्रमका बीच शेयर सदस्यलाई मृत्यु दाबी भुक्तानी अन्तरगत एक लाख चालीस हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ।

सचेत महिला बचत तथा ऋण सहकारी संस्था लि। शेयर सदस्य स्वर्गीय निर्मला ढकालको बिगतमा भएको मृत्युमा सचेत महिला बचत तथा ऋण सहकारी संस्था लि। र आईएमई इन्स्योरेन्स कम्पनी बीच इन्स्योरेन्स भएको थियो । सोही अनुसार बिरामीको कारण उपचारको क्रममा मृत्यु भए पछि दाबी भुक्तानी सम्झौता अनुसार निज ढकालको श्रीमान यादव बस्याललाई एक लाख चालीस हजारको चेक एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो।

कार्यक्रममा सस्थाको तर्फबाट उपाध्यक्ष बम कुमारी काउचा , ब्याबस्थापक उमा गुरुङ ,सचिव सुवेछ्या थापा क्षेत्री एबम कोषाध्यक्ष पार्वती सुनार लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रममा चेक हस्तान्तरण गर्दै आईएमई लाईफ इन्स्योरेन्स बुटवलका शाखा प्रमुख नारायण गौतम तथा अपरेसन इन्चार्ज नमराज भुसालले बीमा अनिवार्य रहेकोले सबैले अनिवार्य बीमा गराउनुपर्नेमा जोड दिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*