डाक्टरको छुटै बीमा योजना ल्याउने तयारीमा प्राधिकरण, प्रारम्भिक मस्यौदा तयार

८ माघ २०८०, सोमबार १८:०७

काठमाडौं । नेपालमै पहिलोपटक बीमा कम्पनीहरुको नियामक निकाय नेपाल बीमा प्राधिकरणले मेडिकल फिल्डमा काम गर्ने डाक्टरको बीमा योेजना ल्याउने भएको छ। नेपाल मेडिकल काउन्सिसँगको समन्वयमा बीमा प्राधिकरणले उक्त बीमा योजना ल्याउन लागेको हो ।

डाक्टर बीमा योजनामा कुन कुन बिषय समावेश गर्ने र जोखिम वहन कसरी गर्ने भन्ने बिषयमा हाल मेडिकल काउन्सिसँग छफफल भईरहेको प्राधिकरणले जनाएको छ । प्रारम्भिक छलफलका अनुसार मस्यौदाको ड्राफट तयार भईसकेको प्राधिकरणको स्रोतले जनाएको छ ।

यसमा बीमा प्राधिकरणले कुनै हातसाह भई उपचारका क्रममा बिरामीको मृत्यु भएको खण्डमा मृतकको परिवारले डाक्टरमाथि मुद्धा हाले पनि त्यसाई कभर गर्ने योजना ल्याउन लागिएको प्राधिकरणको स्रोतले जनाएको छ । योजनामा मृतक बिमारीको परिवारले मृत्युको आरोप देखाएर अदालती प्रकृया अघि बढाएमा कानुनमा लाग्ने रकम समेत रक्षावरण गर्ने तयारीमा प्राधिकरण लागेको छ । यसको लगि प्राधिकरणले सट टर्म पोलिसी जारी गर्नेछ । जसको अवधि एक बर्षको हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*