अन्ततः रवि लामिछानेले पत्रकारसँग मागे माफी, ‘म सुध्रिएको छुँ’

८ माघ २०८०, सोमबार १७:३१

काठमाडौं । सहकारी ठगीमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अन्ततः पत्रकारसँग माफी मागेका छन् । ग्यालेक्सी टेलिभिजनको म्यानेजिङ डाइरेक्टर हुँदा सहकारीको रकम हिनामिनामा संलग्न रहेको भन्दै लगातार आम सञ्चारमाध्यममा समाचार आएपछि पत्रकार सम्मेलन गर्दैै सभापति लामिछानेले आफु सुध्रिएको बताउँदै पत्रकार तथा सञ्चारकर्मीसँग माफी मागेका हुन् ।

पत्रकारसँग उनले कागजी रुपमा एक करोड ८० लाखको भौचर जारी भएको भए पनि आफ्नो खातामा उक्त रकम नआएको जिकिर गरेका छन् ।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको फाइल, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको फाइल, चितवनको साहारा सहकारीको फाइल र पर्सा, रुपन्देही, काठमाडौं लगायतका जिल्लाबाट उजुरीसम्बन्धी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले कागजात झिकाइसकेको छ । गितेन्द्रबाबु राई (जीबी)का नाममा विभिन्न सहकारी सञ्चालनमा छन् ।

ग्यालेक्सी टेलिभिजनको म्यानेजिङ डाइरेक्टर भएका बेला सहकारीको रहम हिनामिना गरेकोभन्दै पूर्व गृहमन्त्री समेत रहेका रवि लामिछाने यसमा मुछिएका हुन् । उनीविरुद्ध सहकारी विभागमा समेत उजुरी परेको छ ।

सीआईबीले रवि मुछिएको सहकारी ठगीको फाइल खोल्यो, कारबाही के होला ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*