वाणिज्य बैंकहरुको चुक्ता पूँजी कति पुग्यो ? ग्लोबल आइएमई बैंकको सबैभन्दा धेरै चुक्ता पुँजि, (अन्य कसको कति ?)

९ माघ २०८०, मंगलवार ०७:२०

काठमाडौं । बैंकहरुले चालु आर्थिक वर्ष २०८०÷८१ को वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । बैंकले सार्वजनिक गरेको रिपोर्ट अनुसार बैंकहरुको जम्मा चुक्ता पूँजी ३ खर्ब ५७ अर्ब ५७ करोड रुपैयाँ रहेको छ ।

चुक्ता पूँजीमा ग्लोबल आइएमई बैंक सबैभन्दा बलियो देखिएको छ । यस बैंकको चुक्ता पूँजी ३६ अर्ब १२ करोड रुपैयाँ रहेको छ ।

चुक्ता पूँजी धेरै हुने दोस्रो नम्बमा नेपाल इन्भेष्टमेन्ट मेघा बैंक रहेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकको चुक्ताँ पूँजी ३४ अर्ब १२ करोड रुपैयाँ रहेको छ ।

त्यस्तै, नबिल बैंक चुक्ता पूँजी बढी हुनेमा तेस्रो नम्बरमा परेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीको चुक्ता पूँजी २७ अर्ब ५ करोड रुपैयाँ रहेको छ ।

त्यस्तै, समिक्षा अवधिमा चुक्ता पूँजी धेरै हुनेमा प्रभु, लक्ष्मी सनराइज, हिमालयन, एनएमबि, एनआईसी एशिया, नेपाल, सिटिजन्स, सिद्धार्थ, सानिमा, एग्रिकल्चर डेभलपमेन्ट, एभरेष्ट, माच्छापुच्छ्रे, नेपाल एसबिआई र अन्तिममा स्टयाण्डर्ड चार्टर्ड बैंक रहेको छ ।

त्यसैगरी, समग्रमा हेर्दा मर्जरमा गएका बैंकहरुको चुक्ता पूँजी अधिक देखिएको छ । जसमध्येमा ग्लोबल आइएमई बैंक प्रथम नेपाल इन्भेष्टमेन्ट दोस्रो र तेस्रोमा कुमारी बैंक रहेको छ । २३ अर्ब ५४ करोड रुपैयाँसहित प्रभु बैंक चौंथो स्थानमा परेको छ भने २३ अर्ब १८ करोड रुपैयाँले लक्ष्मी सनराईज बैंक पाँचौ स्थानमा रहेको छ । यता २१ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पूँजीसहित हिमालयन बैंक अन्तिममा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*