आर्थिक मन्दीको असरः ९ हजार बीमा पोलिसी बीचमै रोके बीमितले, जीवन बीमा कम्पनीबाट १ अर्ब बाहिरियो

८ माघ २०८०, सोमबार १३:०९

काठमाडौं । जीवन बीमा कम्पनीहरुबाट साढे ९ हजार बीमितहरुले बीमा पोलिसी सरेण्डर गरेका छन् । आर्थिक मन्दीको असर बीमा क्षेत्रमा पनि देखिएको छ।मंसिर महिनामा मात्रै ९ हजार ७४४ जनाले १ अर्ब ८ करोड ७० लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ।

प्राधिकरणको तथ्यांक अनुसार नेपाल लाइफको बीमा पोलिसी सरेण्डर २४ सय २५ जनाले ३६ करोड ३५ लाख रुपैयाँ पुगेको छ ।सरकारी स्वामित्वपमा रहेका राष्ट्रिय जीवन बीमा कम्पनीको१२ करोड ५ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको छ ।

नेशनल लाइफकोे ६ करोड ८२ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको छ। एलआइसी नेपालको २२ करोड ८ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको छ।मेट लाइफको ३ करोड ८० लाख रुपैयाँ बराबरको र एशियन लाइफको ८ करोड ७१ लाख रुपैयाँ र आइएमई लाइफका१ करोड १४ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको तथ्यांकले देखाएको छ।

सन नेपाल लाइफको ६५ लाख रुपैयँ, रिलायबल नेपाल लाइफको ६६ लाख रुपैयाँ, सटिजन लाइफका ९२ लाख रुपैयाँ, सूर्यज्योति लाइफको ६ करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफको २ करोड रुपैयाँ, हिमालयन ५ करोड ८७ लाख रुपैयाँ र प्रभु महालक्ष्मीको १ करोड ५९ लाख रुपैयाँको पोलिसी सरेण्डर भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*