मल्टीपर्पस फाइनान्सको खुद मुनाफामा उल्लेखनीय सुधार
काठमाडौं । मल्टीपर्पस फाइनान्सले १ करोड १२ लाख रुपैयाँ खुद मुनाफा आर्जनन गर्न सफल भएको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले २३ लाख ३१ हजार रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको थियोकम्पनीको मुनाफा गत बर्षको तुलनामा ३८२।५८ प्रतिशतले वृद्धि भएको हो । गत वर्ष यसले २३ लाख ३१ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो ।
यो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद ब्याज आम्दानी १३०।३४ प्रतिशत र सञ्चालन नाफा २८०।९७ प्रतिशतले बढेको छ ।
हाल यसको चुक्ता पुँजी ६१ करोड रुपैयाँ रहेको छ । यसको रिजर्भ कोषमा भने ६ करोड १६ लाख रुपैयाँ रहेको छ । कम्पनीको खराब कर्जा बढेर १।४९ प्रतिशत भएको छ । गत वर्ष खराब कर्जा ०।३९ प्रतिशत रहेको थियो । यसको प्रतिसेयर आम्दानी १ रुपैयाँ ०३ पैसाबाट बढेर ३ रुपैयाँ ६९ पैसा ९वार्षिक० कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ ०८ पैसा छ ।