नेप्से दोहोरो अंकले घट्दा कस्तो रह्यो बीमा कम्पनीहरुको अवस्था ? (एलटीपीसहित)

७ माघ २०८०, आईतवार १८:२५

काठमाडौँ । साताको पहिलो कारोबारको दिन सेयर बजार दोहोरो अकंले ओरालो लागेको छ । नाफा बुक गर्ने लगानीकर्ता झुम्मिएपछि सेयर बजार ओरालो लागेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.६३ अकंले घटेर २१३०.१८ बिन्दुमा बन्द भएको छ । आइतबार ३०८ कम्पनीको २ करोड २८ लाख २० हजार २७९ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६७ करोड ७७ लाख ४० हजार रुपैयाँको कारोबार भएको छ ।

जीवन बीमा
आइतबार जीवन बीमा परिसूचक ८०.६५ अंकले घटेर १०८५५.८८ विन्दुमा कायम भएको छ । यस दिन जीवन बीमा उपसूचक ०.७३ प्रतिशतले घटेको हो ।

यस दिन जीवन बीमा सेक्टरबाट १२ सूचीकृत कम्पनीहरु कारोबारमा आएका थिए । जसमध्ये ३ कम्पनीहरुको शेयरमूल्य बढ्यो भने बाँकीका ९ कम्पनीहरुको शेयरमूल्य घटेको छ ।

आज सन नेपाल लाइफको ०.८९ प्रतिशत, सानिमा रिलायन्स लाइफको १.१ प्रतिशत र नेशनल लाइफको ०.१६ प्रतिशतले बढेको हो । अन्य ९ कम्पनीको मूल्य भने घटेको छ ।

निर्जीवन बीमा
आइतबार निर्जीवन बीमा परिसूचक ९८.६६ अंकले बढेर ११०५६.५४ को विन्दुमा कायम भएको छ । यस दिन निर्जीवन बीमा उपसूचक ०.८८ प्रतिशतले बढेको हो ।

यस दिन निर्जीवन बीमा सेक्टरबाट कुल १२ सूचीकृत कम्पनीहरु कारोबारमा आएका थिए । जसमध्ये २ कम्पनीको शेयरमूल्य बढ्दा १० को घट्यो हो ।

आइतबार राष्ट्रिय बीमा कम्पनीको ०.४६ प्रतिशत र सिद्धार्थ प्रिमियमको १.१७ प्रतिशतले सेयर मूल्य बढेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*