छोराको अन्नप्राशनमा गोर्खाका एक दम्पतिले दिए बीमा पोलिसी उपहार
७ माघ २०८०, आईतवार १६:०९
काठमाडौं । आफ्नो छोराको अन्नप्राशनको अवसर पारेर गोर्खाका एक दम्पतिले बीमा पोलिसी उपहार दिएका छन् ।
शुभकार्य भन्ने बित्तिकै भोज भतेर र रमझममा फजुल खर्च गर्न तत्पर नेपाली समाज हिजोआज भने केहि परिवर्तित र भबिष्य प्रति सचेत देखिन थालेको छ ।
तत्कालको रमझममा फजुल खर्च गर्नुभन्दा भविष्यका लागि बचत होस भन्ने मनोभावना धेरैमा देखिन थालेको छ । यसैको एउटा उदाहरण बनेका छन् गोरखाका एक दम्पत्ति।
गोरखा नगरपालिका वडा नम्बर ५ निवासि श्याम गिरी र आइती माया गिरीले आफ्नो छोरा रबि गिरीको अन्नप्राशनको अवसरमा सिटिजन लाइफ इन्स्योरेन्सको बाल भबिष्य बीमा योजना उपहार दिएका छन् ।
आफ्नो बच्चाको भविष्य उज्वल होस र पछि आउन सक्ने जोखिमको सामना गर्न मद्दत पुगोस् भन्दै बीमा पोलिसी उपहार दिएका हुन् ।