निर्यात र आयात दुबै ओरालो, ब्यापार घाटा ६ अर्ब ९३ करोड
काठमाडौँ । अर्थतन्त्रमा अझै पनि आन्तरिक माग नबढ्दा आयात निर्यात दुबैं ओरालो लागेको छ । भान्सार विभागले सार्वजनिक गरेको तथ्याङ अनुसार चालु आर्थिक वर्षको ६ महिनामा आयात ३.०९ प्रतिशत र निर्यात ७.२३ प्रतिशतले घटेको हो ।
पुस मसान्तसम्म अवधिमा ७ खर्ब ६८ अर्ब १६ करोड ६५ लाख रुपैयाँको वस्तु आयात भएको छ । जुन गत आवको सोही अवधिको तुलनामा २४ अर्ब ४९ करोड ९७ लाख रुपैयाँले कमी हो । गत आर्थिक वर्षको सोहि अवधिमा आयात ७ खर्ब ९२ अर्ब ६६ करोड ६२ लाख रुपैयाँ रहेको थियो ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा नेपालबाट ७४ अर्ब ९६ करोड ८० लाख रुपैयाँको निर्यात भएको छ । जुन गत आर्थिक वर्षको तुलनामा ७.२३ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा नेपालबाट ८० अर्ब ८० करोड ७४ लाख रुपैयाँको वस्तु निर्यात भएको थियो ।
त्यस्तै, नेपालको व्यापार घाटामा भने सुधार देखिएको छ । चालु आर्थिक वर्षको ६ महिनासम्मको अवधिमा २.६२ प्रतिशतले व्यापार घाटा सुधारिएको छ । नेपालको व्यापार घाटा ६ खर्ब ९३ अर्ब रुपैयाँभन्दा बढी छ ।