पेशागत अभिकर्ता बीमक संघ-एलआईसी नेपाल भैरहवा शाखाको नयाँ कमिटी गठन
काठमाडौं । पेशागत अभिकर्ता बीमक संघ बीमक समिति लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपाल लिमिटेड भैरहवा शाखाको अध्यक्ष पदमा भुपेन्द्र चन्द यादव निर्विरोध निर्वाचित भएका छन् । शनिबार सम्पन्न भएको विशेष पहिलो अधिवेशनको बन्द शत्रबाट यादवको नेतृत्वमा नयाँ कार्य समितिको चयन भएको हो ।
निर्वाचन मन्डल अनुसार शंकर तेली गुप्ता उपाध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका छन् । पहिलो विशेष अधिवेशनले १७ सदस्यीय कार्य समितिको चयन गरेको छ।
त्यस्तै, कार्य समितिको सचिवमा लक्ष्मी केसी, सह सचिवमा पुरन हिताङ्गा, कोषाध्यक्षमा सुरेन्द्र यादव रहेका छन् । यसैगरी सदस्यहरूमा सुरेन्द्र त्रिपाठी, सुरज भण्डारी, घरणी घिमिरे खनाल, कृष्ण मुरारी गुप्ता, सुशिला कुँवर, मनोज कुमार निसाद, सुक बहादुर बरै, माधब पौडेल, सुरेश गुप्ता, अशोक बरै, सीता कार्की र बाबुराम कुर्मी रहेका छन्।
पेशागत बीमा अभिकर्ता संघ, बीमक समिति एलआईसी नेपालका केन्द्रीय सह–सचिव गोविन्द प्रसाद गिरिको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमा शाखा स्थापनाको छ बर्ष पछि मात्रै साखाले नेतृत्व पाएकोमा निर्वाचित समितिलाई बधाईसमेत दिए।
बीमक समिति लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेड तौलिहवा साखाका अध्यक्ष दिपक कुमार पासीले संगठनमा हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा उपस्थित अभिकर्ताहरुले शाखा स्थापनाको छैठौं बर्ष लागी सक्दा पनि अभिकर्ताको हकहितको लागी स्थापित पेशागत बीमा अभिकर्ता संघ भैरहवा शाखा गठन गर्न ढिलाइ गर्नुको कारणबारे प्रश्नसमेत गरे ।
नवनिर्वाचित अध्यक्ष यादवले आफूहरुलाई विश्वास गरेर निर्विरोध रुपमा नेतृत्वको अवसर प्रदान गरेकोमा धन्यवाद ज्ञापन गरे। उनले शाखाको हक हितमा काम गर्ने, पेशागत अभिकर्ताको अधिकार सुरक्षित गर्नका लागि संघको नेतृत्वमा निरन्तर सकृय रहने प्रतिबद्धता समेत व्यक्त गरे ।